लोकतन्त्रलाई सुदृढीकरण गर्न पुष्पलालले देखाएको बाटोमा हिँडौँ : कार्यवाहक अध्यक्ष पोखरेल

काठमाडौँ- नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले नेपालको लोकतन्त्रलाई सुदृढीकरण गर्न नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोमा हिँड्नु पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसका अवसरमा पोखरेलले श्रद्धाञ्जली सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
उनले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलालले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्नु आवश्यक रहेको जिकिर गरे ।
पोखरेलले श्रद्धाञ्जली सन्देशमार्फत् विश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’का प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, वाम–लोकतान्त्रिक संयुक्त आन्दोलनका वैचारिक प्रणेता पुष्पलालप्रति हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् ।
‘संस्थापक महासचिव पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक र सम्पूर्ण रूपमा परिवर्तनकारी र वैज्ञानिक विचार प्रारम्भ गरी त्यस विचारलाई व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भन्ने सैद्धान्तिक आधारमा संगठन निर्माण गर्नुभएको छ,’ पोखरेलले सन्देशमा भनेका छन्, ‘यो नेपालको वाम–लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको साँच्चिकै श्रेष्ठ योगदान हो । सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाई स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टीले क. पुष्पलालकै अगुवाइमा पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रूपमा अघि बढाउने काम भयो ।’
कार्यवाहक अध्यक्ष पोखरेलले भने, ‘क.पुष्पलालको सपना साकार पार्न लोकतन्त्रको यही परिभाषालाई व्यवहारमा अनुवाद गर्दै आमजनताको जीवनस्तर माथि उठाउने कार्यक्रमहरू अगाडि बढाउनु हाम्रो कर्तव्य हो । र, पुष्पलालका नीतिहरूको सान्दर्भिकता पनि यिनै कुरामा छ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया