काँग्रेस केन्द्रीय समिति बैठक भारदारी सभाजस्तो भयोः गुरुराज घिमिरे

काठमाडौँ - नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको बताएका हुन् । उनले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरे अनुरुप बोल्ने गरिएको बताए । उनले पार्टी केन्द्रीय कार्यसमिति भारदारी सभा नभएको भन्दै चेतावनी पनि दिए ।
उनले भने, – ‘केन्द्रीय कार्यसमितिमा जति गम्भिरता हुनुपर्ने त्यति गम्भिरता मैले देखिनँ । केन्द्रीय कार्यसमितिको बैठक कता कता मलाई लाग्यो माफ गर्नुहोला । मलाई भारदारी सभाजस्तो लाग्यो । महाराजको इशारा जता छ, त्यतैतिर आवाजहरु आउँछन् । त्यतैतिर अभिव्यक्ति आउँछन् । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति भारदारी सभा होइन । पार्टी प्रमुखको इशारामा, जता पार्टी सभापतिले इशारा गर्नुहुन्छ, त्यतै बोल्ने मैले देखेँ । दुःख र कर्म फरक हो । दुःख र कर्मको भेद छुट्टयाउन जान्नुपर्छ । केन्द्रीय समितिका साथीहरुले दुःख र कर्मको भेद नै छुट्याउनुभएन । दुःख प¥यो भनिदिनु भयो । कर्मका कारण राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिदैन । त्यो कर्म हो । उहाँकै कर्मले हो । जतिपनि व्यक्तिहरु आज भ्रष्टाचारको प्रकरणले मुछिएका छन् भने अनुसन्धानबाट निष्पक्ष छानबिन भएर कारबाही हुने हो कि नहुने हो, एउटा टुंगो लागोस् ।’
उनले काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताए । आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाँणलाई दुःख नपरेको उल्लेख गरे । दोष्ीा भएमा खाँणलाई कारबाही गर्नुपर्ने उनको भनाई छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया