मधु आचार्यको प्रश्न - जिन्दगीभर रुखमा भोट हाल भनेर प्रशिक्षण चलाउने चुनावको बेला रुख चिन्ह नभएको मतपत्र पठाउने ?

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु घिमिरेले जिन्दगीभर रुखमा भोट हाल भनेर प्रशिक्षण चलाउने चुनावको बेला रुख चिन्ह नभएको मतपत्र पठाउने त्यो प्रवृति डरलाग्दो भएको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले पार्टीले खाली सत्ता मात्रै हेरेको भन्दै सडक पनि हेर्नुपर्ने बताए ।
उनले भने, 'पार्टीले खाली सत्ता हेरेको छ । सडक हेर्नुपर्छ । जनताको संकट कांग्रेसले सुन्दैन भने त्यो चुनौती हो । जनताको संकट कांग्रेसले सुन्दैन भने त्यो चुनौती हो ।'
अहिलेको चुनौती भ्रष्टाचार भएको उनले बताए । ७ पुस्तालाई पुग्ने कमाउने भन्थे अहिले १४ पुस्ता पुग्ने कमाउने प्रवृति देखियो ।
आचार्यले चर्चामा आएको भ्रष्टाचारकाण्डको एक एक छानबिन गर्न नसके त्यसले हामीलाई खाने बताए । उनले भने, 'त्यसले यो राजनीति व्यबस्थालाइ नै खान्छ ।'
भ्रष्टाचारको फाइल खोल्न हामी गृहमन्त्रीकहाँ मात्रै होइन प्रधानमन्त्रीकोमा पनि जाने उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया