नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने
भागबन्डा नमिलेको पत्र मुख्यमन्त्रीलाई

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भागबन्डा नमिलेको भन्दै सरकारमा नजाने बताएको छ । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफूहरू सरकारमा सहभागी नहुने जानकारी गराएकी हुन् ।
संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेकी श्रेष्ठले पठाएको पत्रमा पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेकाले सहभागी नहुने भन्ने उल्लेख गरिएको छ ।
नागरिक उन्मुक्तिले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा लक्ष्मण किशोर चौधरीको नाम सिफारिस गरेको थियो । तर, अध्यक्ष श्रेष्ठले भागबन्डा नमिलेको पत्र मुख्यमन्त्रीलाई पठाएकी हुन् ।
यसअघि नै मन्त्री सिफारिसपछि उन्मुक्ति पार्टीभित्रै असन्तुष्ट प्रदेशसभा सदस्यहरूले नियुक्ति तथा सपथ कार्यक्रम नगर्न मुख्यमन्त्रीसँग अनुरोध गरेका थिए ।

जडीबुटीका विरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र

तरकारी खेतीबाट टोलकै महिला आत्मनिर्भर
कञ्चनपुर कारागारमा क्षमताभन्दा धेरै कैदी

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

डोटीका ११.६८ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

प्रतिक्रिया