मुलुकमा लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्छ : बद्री पाण्डे

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुलुकमा लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्ने बताएका छन् ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघले बिहीबार भक्तपुरमा आयोजना गरेको सार्वजनिक तथा निजी क्षेत्र श्रम बजार अधिकार, चुनौती र आगामी कार्यदिशा विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै पाण्डेले विश्वासको वातावरण नहुँदा मुलुकमा पर्याप्त लगानी भित्रिन नसकेको र स्वदेशमा पनि पुँजी परिचालन हुन नसकेको भन्दै लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्ने बताएका हुन् ।
स्वदेशमा लगानी गर्ने, नागरिकलाई स्वदेशमा नै अवसर प्रदान गर्ने लगायतका विषयमा ठूलो दलको हैसियतले कांग्रेस जिम्मेवार हुनुपर्ने उनकाे भनाइ छ । पाण्डेले नीति महाधिवेशनले गर्ने कामहरू गर्ने गरी महासमितिको बैठक बोलाइएको भन्दै विभिन्न नीति पारित गर्दै पार्टीलाई आन्तरिक रूपमा नै बलियो बनाउनुपर्ने धारणा राखे ।
उनले पार्टीलाई सही दिशा दिँदै तीनै तहको सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया