पार्टी व्यक्ति भन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित छ : समीक्षा बास्कोटा

काठमाडौँ- विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटाले पार्टी व्यक्तिभन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी छिन् ।
विवेकशील साझा पार्टीको छैटौँ स्थापना दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बास्कोटाले पार्टी व्यक्तिको वरिपरि घुम्दा विगतमा पनि समस्या देखिएको भन्दै सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी हुन् । व्यक्तिगत रूपमा पार्टी चलाउँदा कुनै न कुनै बेला पार्टीलाई घात हुन सक्ने सिकाइ पार्टीले भोग्नुपरेको उनले जिकिर गरिन् ।
बास्कोटाले सामूहिक नेतृत्वमा जाँदा देशभरी नै पार्टीप्रतिको बुझाई नै फरक पर्न जाने बताइन् । उनले पार्टीभित्र एकले बोलेको कुराले अर्कोलाई कति असर पर्छ भन्ने नेताहरूले बुझ्न जरुरी रहेको धारणा राखिन् । बास्कोटाले पार्टीलाई बलियो बनाउन नेतृत्वलाई पनि हौसला प्रदान गर्नुपर्ने बताइन् ।
कार्यक्रममा विवेकशील साझा पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनबाट पारित परिवर्तनको संकल्प, सामाजिक न्याय र समृद्धिको अठोट विषयक राजनीतिक दस्तावेज सार्वजनिक गरेको थियो । विभिन्न व्यक्तिहरूलाई कदर पत्र प्रदान गरिएको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया