कांग्रेस लोकतन्त्र पक्ष र भ्रष्टाचारविरुद्धमा बोल्न नसक्ने अवस्थामा पुग्याे : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतन्त्र पक्ष र भ्रष्टाचारविरुद्धमा बोल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेस पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको र लोकतन्त्र पक्ष र भ्रष्टाचार विरुद्धमा समेत बोल्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् । उनले अहिले माओवादीको ढाकर बोलेर कांग्रेस लुरुलुरु हिँड्नुपरेको तर्क गरे ।
त्यस्तै ओलीले यसअघि पार्टी एकीकरण गरे पनि थाक्रोजस्तो भएको बताए । पार्टी एकता गरे पनि वास्तविक रूपमा एकता नभएको र तत्कालीन समयमा प्रचण्डले आफ्नो गुटको बैठक जारी राखेको उनले बताए । ओलीले पार्टी र सरकारमा व्यवधान भए पनि देश र जनताका लागि दृढतापूर्वक काम गरेको दाबी गरे ।
ओलीले एमालेसँग मुलुक बनाउने सही विचार भएकाले पुनः ठूलो पार्टीमा फर्कने दाबी गरे । उनले मौलिक राष्ट्रियधारको प्रतिनिधि एमाले भएकाले देशको अस्तित्वका लागि पनि एमाले हार्न नमिल्ने उल्लेख गरे ।
अध्यक्ष ओलीले विभिन्न जनसंगठनहरू पुनर्गठन भए पनि सम्मेलन नभएको भन्दै सम्मेलन नहुने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया