नेपालमा सफल व्यवसाय गर्नेले जुनसुकै देशमा गएर व्यापार गर्नसक्छ : सांसद चौधरी

काठमाडाैँ– नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले नेपालमा सफल रूपमा व्यवसाय गर्नेले विश्वका जुनसुकै देशमा गएर व्यापार गर्नसक्ने बताएका छन् ।
बिहीबार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधारण सभामा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् । उनले नेपालमा व्यापार गर्न विभिन्न जटिलता र काम गर्ने शैलीले अप्ठ्यारो रहेको भन्दै त्यो जटिलतामा बिजनेस गर्नेले विश्वका जुनसुकै देशमा पनि व्यापार गर्नसक्ने जानकारी गराए।
सांसद चौधरीले सरकारले नेपालमा नै केही गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले नेपालमा स्टार्टअप उद्यमको लागि भविष्य राम्रो रहेको भन्दै इनोभेसन नलेज भएका युवाहरूले क्यानडा र अष्ट्रेलिया जाने मानसिकता परिवर्तन गर्नुपर्ने बताए। उनका अनुसार क्यानडा,अष्ट्रेलिया गएर टेक्नोलोजीकाे क्षेत्रमा काम गर्ने मानसिकता बनाएका युवाहरू नेपालमा नै बस्ने उत्तम उद्यम स्टार्टअप छन् ।
सांसद चौधरीले सरकारले विगतमा घोषणा गरेका स्टार्टअप फण्डहरूलाई एकीकृत गरी इको प्रणालीमा ल्याउनुपर्ने कुराकाे जिकिर गरे।
साथै, उनले विगतमा सरकारले विभिन्न समयमा गरेका स्टार्टअप फण्डहरू त्यत्तिकै खारेज भएको र नेपालमा सफल व्यवसाय गर्नेले जुनसुकै देशमा गएर व्यापार गर्नसक्सने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया