एमाले आफ्नो मागप्रति अडिग रहेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभाको आज (सोमबार)को बैठक स्थगित भएको छ । बैठक भोलि (मंगलबार) १ बजे बस्ने गरी स्थगित भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तापक्षसँग सुन प्रकरण छानबिन गर्न उच्च स्तरीय छानबिन समित गठन गर्नुपर्ने माग गरेको थियो । तर, सत्तापक्ष यसमा सहमत हुन सकेन । एमाले आफ्नो मागप्रति अडिग रहेपछि आजको बैठक स्थगित हुन पुग्यो ।
संसद् अवरोध हटाउने विषयमा सहमति निकाल्न सोमबार बिहान एमाले अध्यक्ष र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भएको थियो । तर, बैठकबाट कुनै निष्कर्ष निस्कन सकेन ।
एमालेले साउन १० गते पनि यसै विषयलाई लिएर संसद् अवरोध गरेको थियो ।
प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने कार्यसूची थियो ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया