नेत्रविक्रम चन्दलाई हामीले बोलाएका हौँ, मिडियाले हाइलाइट गरे : जनार्दन शर्मा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पार्टीमा नेत्रविक्रम चन्दलाई स्वीकार्न गाह्रो नभएको बताएका छन् ।
सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले चन्दलाई पार्टीमा फर्किनु आफैँले भनेको भन्दै यसमा कुनै नौलो कुरा नभएको बताएका हुन् । उनले चन्दलाई पार्टीमा ल्याउने कुरा सञ्चार माध्यमहरूले हाइलाइटको विषय बनाएको जिकिर गरे ।
सांसद शर्माले जनताले बुझ्ने गरी लोकतान्त्रिक प्रक्रियाबाट बैठक सञ्चालन गर्न पार्टी केन्द्रीय कमिटीको बैठक लाइभ गर्न लागेको उल्लेख गरे ।
उनले भने, ‘जनताले बुझ्ने गरी लोकतान्त्रिक प्रक्रियाबाट गर्नुपर्छ नि त । सबै पार्टीले क्रमशः गर्दै जाने कुरा छ । त्यसैले काम गर्ने सदस्यले के काम गरेको छ, तलसम्म थाहा हुन्छ । आज पनि सिंगो पार्टी एक ठाउँमा छ । विप्लवलाई आउनु भनेकै छौँ, मिडियाले हाइलाइट गर्नुभएको कुरा मात्रै हो । बैठक १७ गतेदेखि सुरु हुन्छ । बैठकमा सबै केन्द्रीय सदस्यले बोल्नुहुन्छ ।’
सांसद शर्माले केन्द्रीय कमिटीको बैठक साउन १७ गतेदेखि सुरु हुने र सबै केन्द्रीय सदस्यले बोल्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया