हामी इमान्दार बन्न सकेका छैनौं : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमानदारिताबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालले सबै नेताहरू बन्नुपर्ने जति इमान्दार बन्न नसकेको बताएका हुन् ।
उनले देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने जिकिर गरे । उनले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको बताए । नेपालले कुनै पनि कार्य गर्न इमान्दारिता मुख्य कुरा रहेको भन्दै सबै व्यक्ति आफूप्रति इमान्दार हुनुपर्ने बताए ।
नेपालले भने, ‘जे सुकै गर्नका लागि पहिलो कुरा इमान्दारिता हो । आफूप्रति इमान्दार हौं । आफ्नो पढाईप्रति इमान्दार हौं । र, मिहिनेती बन्नुपर्छ । इमान्दार र मेहनती भयौँ भने जस्तो सुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ । अल्छी मान्छेले केही गर्न सक्दैन । अल्छी हुनुहुँदैन, ढाँट्न हुँदैन, छलछाम गर्नुहुँदैन । हामी आफ्नो देश बनाउन सक्छौं कि सक्दैनौँ भन्ने प्रश्न खडा भएको छ ।’
नेपालले संविधानमा अधिकारहरू थुप्रै दिए पनि लागू हुने कुरामा कमी देखिएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया