भ्रष्टाचारका काण्डहरूमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ : अध्यक्ष थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डहरूमा संलग्न रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका भ्रष्टाचार काण्डहरूमा प्रधानमन्त्री र गृहमन्त्रीकै संलग्नता रहेको बताएका हुन् । उनले भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको पनि आराेप लगाए । प्रधानमन्त्री र गृहमन्त्री नै भ्रष्टाचारमा संलग्न हुँदा समेत कारबाही नगरिएको उनकाे भनाइ छ ।
अध्यक्ष थापाले नेताहरूले आफ्नो मुखुन्डो उघारिएला भन्ने डरले सुन बोकेर हिँडेको ट्याक्सीलाई गन्तव्यमा नपुग्दै समातिएको पनि बताए । उनले नेताहरूले भ्रष्टाचारको नयाँ–नयाँ फाइलहरू खोल्ने भने पनि विश्वास गर्न नसकिने बताए ।
अध्यक्ष थापाले पार्टीभित्र देखिएको विसंगतिहरूलाई पार्टीभित्रै समाधान खोज्ने प्रयास असफल भएपछि आफूले राप्रपा छोडेको उल्लेख गरे । उाले आफ्ना मान्यताहरूमाथि आक्रमण भइरहँदाखेरी मुकदर्शक भएर बस्नुहुन्न भन्ने अठोटका अलग्गिएको बताए । उनले गीताप्रतिको आफ्नो निष्ठाका कारण राप्रपा नफुटाएको भनाइ राखे ।
सरकार सर्वसत्तावादी ढंगले सञ्चालन भइरहेको उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया