रास्वपाले आज मधेस प्रदेशस्तरीय प्रशिक्षण गराउँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट मधेस प्रदेशमा विशेष प्रशिक्षणको आयोजना गर्दैछ ।
भोलिसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा पार्टीको नीति तथा कार्यक्रम, कार्यदिशा र सिद्धान्त र दृष्टिकोणसहित समसमायिक राजनीतिक बिषयमा उक्त प्रशिक्षण हुनेछ ।
देशैभरी प्रदेश स्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको रास्वपाले आजवाट मधेसमा दुई दिने प्रशिक्षण भेलाको आयोजना गर्न लागेका उपसभापति डिपी अर्यालले जानकारी दिएका छन ।
मधेसमा हुने सो प्रशिक्षणमा पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले सम्बोधन गर्नेछन ।
मधेस प्रदेशमा हुने प्रशिक्षण पछि रास्वपाले बाग्मती प्रदेशमा प्रशिक्षण गर्नेछ । जसका लागि भदौ २२ र २३ गतेको मिति तय गरिएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया