नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा चोपलाल भुसाल नियुक्त

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. चोपलाल भुसाल नियुक्त भएका छन् ।
मंसिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले भुसाललाई काउन्सिल अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्षको कार्यकाल चार वर्ष रहने व्यवस्था छ ।
नाक, कान, घाँटी रोग विशेषज्ञ समेत रहेका प्रा. डा. भुसालले अध्यक्ष पदको कार्यभार स्वास्थ्य मन्त्रालयबाट पत्र बुझेको र मंगलबार पदभार सम्हाल्ने बताइएको छ ।
यसअघि काउन्सिलको अध्यक्ष पदमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान् कोइराला रहेकोमा उनको कार्यकाल गत कात्तिक १८ गते सकिएको थियो ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया