मधेश सरकारले कृषिमा छुट्टयाएको ४० करोड फ्रिज हुँदै
'सिँचाइ मिटरको पहुँच बढाउन ग्रामीण विद्युतीकरण गर्दैछौ'

काठमाडौँ- मधेश प्रदेशमा सिँचाइ मिटरको माग गर्नेको संख्या बढ्दै गएको छ । सुख्खा समयमा सिँचाइका लागि प्रदेशको आठ वटै जिल्लाका किसानले मागेबमोजिम सिँचाइ मिटरको माग पुर्याउन सकेको छैन ।
किसानहरूले सिँचाई मिटर माग गरे अनुसार वितरण गर्न नसकेको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका रोशनकुमार मेहताले बजेट कार्यान्वयन गराउन नसक्दा कृषि क्षेत्रमा लगानी गर्न नसकेको बताए ।
‘सिँचाइ मिटरका लागि मन्त्रालयले समयमा पहल गर्न नसक्दा किसानले सिँचाइ मिटर पाउन सकेका छैनन्,’ उनले भने,’ विद्युत प्राधिकरणसँग मन्त्रालयले सम्झौता गर्नुपर्ने हो । तर बजेट विनियोजन नभएकाले समयमा सम्झौता गर्न सकेका छैनौँ ।‘
मन्त्रालयले सिँचाइ मिटरका लागि भनेर बजेट विनियोजन नगरेको प्रवक्ता महत्तोले जानकारी दिए । समग्र कृषि क्षेत्रमा लगानी गर्नका लागि बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
‘बजेट व्यवस्थापन गरे पनि कार्यान्वयन नहुँदा मन्त्रालयले विनियोजन गरेको बजेट फ्रिज हुने सम्भावना बढ्दै गएको छ,’ उनले अगाडि थपे,’ फागुनसम्ममा कार्यान्वयन लैजाने कोशिश गरिरहेका छौ । ‘
मन्त्रालयले कृषि क्षेत्रमा लगानी गर्न ४० करोड बजेट छुट्याएको छ । मन्त्रालयले छुट्याएको सम्पूर्ण खर्च तीन क्षेत्रमा लगानी गर्न लागेको छ ।
सिँचाइ मिटर,कृषि विद्युतीकरण र सिँचाइ पूर्वाधारका लागि मन्त्रालयले बजेट विनियोजन गरे पनि कार्यान्वयनमा ल्याउन नसकिएको महत्तोले जानकारी दिए ।
कृषिलाई प्रत्यक्ष रुपमा विद्युतीकरणमा जोड्न पनि मन्त्रालयले प्रयास गरिरहेको उनले बताए । ग्रामीण भेगमा विद्युत पुर्याउन तारहरू लैजान थालिएको उनको भनाइ । ग्रामीण भेगको विद्युत कृषिमा जोडेर किसानलाई सहज बनाउन लागिएको उनले बताए ।
सिँचाइ मिटर सोही कार्यक्रममा रहेको महत्तोले बताए । ‘सिँचाइ पुर्वाधार अन्तर्गत कुलो, सिँचाइ र बोरिङ निर्माण गर्नुपर्ने हुन्छ,’ उनले सुनाए । मधेश प्रदेशका धेरै किसानले सिँचाइ मिटरको लाभ लिन सकेका छैनन् । सिँचाइ मिटर योजना कार्यान्वयन नहुँदा किसानले उपयोग गर्न सकेका छैनन् ।
किसानलाई स्रोतसाधनको सुविधा नहुँदा सहजै खेती गर्न नसकिएको महदेवा ३ का किसान खुशीलाल यादव बताउँछन् । मधेश प्रदेशमा मुख्य समस्या सिँचाइको रहेको उनले बताए । किसानका लागि सिँचाइको व्यवस्था भएमा अन्न उत्पादनमा वृद्धि गर्न सकिने उनको भनाइ छ।
सप्तरी बोदेबरसाइन नगरपालिका १ धनगढीका वडाअध्यक्ष बेचनीदेवी सरदारले माग गरे अनुसार किसानले सहजै सिँचाइ मिटर नपाएको उल्लखे गरे ।
‘थोरै जमिन हुनेले सिँचाइ मिटर पाउँदैनन् । पाँच कठ्ठा भन्दा बढी भएकाले सिँचाइ मिटर पाउने गरेका छन्,’ उनले भने,’ कम जग्गा भएकालाई समेत कृषिमा पहुँच बढाउन मिटरको व्यवस्था गरिनुपर्छ । सिँचाइ मिटर नहुँदा किसानहरू खेती गर्नबाट वञ्चित भएका छन् । थोरै जग्गा भएकाहरूले कृषि मिटरका लागि सहज गरिदिनुपर्छ ।‘
सबै खेतीमा सिँचाइ मिटर प्रयोग भइरहेको उनले बताए । धान, गहुँ, तरकारी, आलु, कोभी खेती र सिजन अनुसार सबै खेतीमा सिँचाइ मिटरको प्रयोग भइरहेको उनको भनाइ छ ।
सिँचाइ मिटरका लागि स्थानीय तहले सिफारिस गरिदिनु पर्ने अध्यक्ष सरदारले बताए । सिफारिसका आधारमा विद्युत प्राधिकरणले किसानलाई सिँचाइ मिटर उपलब्ध गराउने गरेको उनले जानकारी दिए । उनका अनुसार कृषि मिटरको करिब ४ हजार रुपैयाँ लाग्छ ।
सिँचाइ मिटरका लिनका लागि नगरपालिकाले छुट गरिदिनु पर्ने उनले माग गरे । मिटरको २ रुपैयाँ ५० पैसा तिर्नुपरिरहेको उनले बताए । नगरपालिकाले त्यहीँ रकम तिर्नका लागि पहल गरिदिन आग्रह गरिरहेको उनले उल्लेख गरे ।
‘कार्यपालिका बैठकबाट पास गरेर कार्यान्वयनमा ल्याउन माग गरिरहेका छौ,’ उनले थपे ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया