अरूको जग्गा देखाएर भिडियो बनाइरहेका वन कर्मचारीसहित दुईजना प्रहरीको फन्दामा

बारा- मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो बनाइरहेका वन कर्मचारीसहित दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
बाराको आदर्श कोतवाल गाउँपालिका-५ स्थित द्रुतमार्गको बाटोमा जोडिएको सडक कालोपत्रे छेउमै अरूको जग्गा देखाएर भिडियो बनाइरहेका दुवै जनालाई सरकारी नम्बरको मोटरसाइकलसमेत स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी वन कार्यालयका कार्यालय सहयोगी दिलबहादुर कार्की, र हेटौंडा उमनपा १७ का बसन्त रेग्मी रहेका छन् । स्थानीयले उनीहरूले प्रयोग गरेको बा प्रदेश ०३००१ ब ३४५ नम्बरको सरकारी मोटरसाइकलसहित वडा कार्यालयमार्फत प्रहरी चौकी चिउँटाहामा बुझाएका छन् ।
स्थानीय युवा राजकुमार दासले जग्गा धनीलाई थाहै नदिई दलालहरूले नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरिरहेको घटना पटकपटक भइरहेका कारण यिनीहरूलाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताएका छन् । पक्राउ परेका दुवै जनामाथि कानुनी कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन् ।
पक्राउ परेका रेग्मी र कार्कीले आफूहरूलाई ललितपुरका एक जना जग्गा कारोबारीले उक्त जग्गा दुई साताअघि ल्याएर देखाएको बताएका थिए । पक्राउ पर्दा उनीहरूले ललितपुरका व्यवसायी भनिएकालाई पटकपटक फोन गर्दा पनि फोन उठेन, एक छिनपछि स्विचआफ भएको थियो । प्रहरी चौकी चिनुटाहाका प्रमुख असई सिवेन्द्र यादवले दुवै जना पक्राउ परेको पुष्टि गरेका छन् । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाउने असई यादवले बताएका छन् ।
यसअघि मंगलबार आदर्श कोतावल गाउँपालिका-५ स्थित अरूको जग्गा नापजाँच गरिरहेका काठमाडाैँ घर बताउने रौशन अधिकारी र बारा घर बताउने छोटेलाल साहलाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका थिए ।
बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले पक्राउ परेका चारै जना नियन्त्रणमा रहेको बताउँदै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
'हामी जग्गाधनी भनिएका लाई बोलाउँछौं, यिनीहरूलाई सोधपुछ गर्छौं दोषी ठहर भएमा कानुन बमोजिम कारबाही हुन्छ,' प्रवक्ता डिएसपी न्यौपानेले भने । पछिल्लो समय बारा, रौतहटलगायत मधेश प्रदेशको जिल्लाहरूमा अरूको जग्गा देखाएर नक्कली कारोबार गर्ने दलालहरूको बिगबिगी बढेको छ ।

तामाखानी उत्खननका लागि खोजतालस सुरु

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढ्ने, दुई प्रदेशमा हावाहुरी चल्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

‘सूचना प्रविधि सावधानीपूर्वक प्रयोग गर्नुपर्ने’

डिआईजी चतुर्बेदीद्दारा अपराधिक गतिबिधि र तस्करी पुर्ण रूपमा नियन्त्रण गर्न निर्द…

प्रतिक्रिया