स्कुल बसको ठक्करबाट महिलाको मृत्यु भएपछि जनकपुर-जलेश्वर सडक अवरुद्ध

जकपुरधाम- विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जनकपुर-जलेश्वर सडक अवरुद्ध गरिएको छ ।
साथै सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । जनकपुरधाम उपमहानगरपालिका-२३ विन्हीमा जनकपुरधाम-९ मा रहेको एन्जल्स सेकेन्ड्री बोर्डिङ स्कुलको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियो । भने, दुर्घटनामा अन्य चारजना महिला घाइते छन् । घाइतेहरूको जनकपुरमा उपचार भइरहेको छ ।
विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेका महिलाहरूलाई तीव्र गतिमा आएको बसले ठक्कर दिएर कुल्चिएको थियो । दुर्घटनापछि स्थानीयले टायर बालेर जनकपुर-जलेश्वर सडक अवरुद्ध पारेर विरोधमा उत्रिएका हुन् । उनीहरूले सडकमा बिजुली पोलसमेत तेर्साएर विरोधमा उत्रिएका हुन् ।
ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्जसमेत गरेको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तामाखानी उत्खननका लागि खोजतालस सुरु

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढ्ने, दुई प्रदेशमा हावाहुरी चल्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

‘सूचना प्रविधि सावधानीपूर्वक प्रयोग गर्नुपर्ने’

डिआईजी चतुर्बेदीद्दारा अपराधिक गतिबिधि र तस्करी पुर्ण रूपमा नियन्त्रण गर्न निर्द…

प्रतिक्रिया