क्रिकेट संघ रौतहटले खेलाडी छनौटको नाममा ठगी धन्दा सुरु गर्यो : प्रभु साह

रौतहट- रौतहट क्रिकेट संघले जिल्ला स्तरको क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी गरिरहेको आरोप लागेको छ । पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले क्रिकेट संघ रौतहटले खेलाडी छनौटको नाउँमा ठगी धन्दा सुरु गरेको आरोप लगाएका छन् ।
गृह नगर रौतहटको मौलापुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले गौरका केही जनप्रतिनिधिका छोरा-भतिजाहरूले गौरमा क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी धन्दा सुरु गरेको आराेप लगाएका हुन् ।
'नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रतियोगिता हुने भए नेपाल सरकारले सम्पूर्ण व्यवस्था गर्छ, होयन भने आफ्नै मनले गरिएको प्रतियोगिता ठगीबाहेक अरू केही हुन सक्दैन,' उनले भने ।
खेलाडी छनौटको नाममा प्रत्येक पालिका, विभिन्न संघसंस्था र व्यापारीहरूबाट पैसा संकलन गरी उनीहरूले गरिखाने भाँडो बनाएको पूर्व मन्त्री प्रभु साहको दाबी छ । 'यदि खेलाडी छनौट गर्ने राष्ट्रिय कार्यक्रम हो भने त्यो अन्य जिल्लामा पनि हुन्थ्यो तर रौतहटमा मात्र किन त्यो पनि चन्दा उठाएर ?' उनले प्रश्न गरे ।
एउटा जनकपुर उपमहानगरपालिकाले प्रदेश स्तरको टुर्नामेन्ट गराउन सक्ने तर पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, गौर नगर प्रमुख शम्भु साह, जिल्ला समन्वय समिति सभापति राम अयोध्या यादव एउटा जिल्ला स्तरको क्रिकेट टुर्नामेन्ट प्रतियोगिता गराउन नसक्ने नेता साहकाे प्रश्न छ ।
'खेलकुद मन्त्रालयमा वर्षको कम्तीमा १० अर्ब रुपैयाँ बजेट विनियोजन हुने गर्दछ, त्यो हिसाबले एउटा जिल्लामा करोडौं रुपैयाँ आउनुपर्ने हो तर रौतहटमा खेलकुद मन्त्रालय अथवा क्यानबाट कहिल्यै रकम आएको सुन्नु भएको छ, अर्थात हामीसँग बेइमानी हुँदै आएको छ,' उनले भने ।
क्रिकेट संघ रौतहट जिल्लाको १७ पालिकाबाट गरी तीन-तीन लाख रुपैयाँ चन्दा लिएर खेलाडी छनौट गर्ने भन्दै आगामी २६ गतेदेखि गौरमा जिल्लास्तरीय क्रिकेट टुर्नामेन्टको आयोजना हुँदैछ ।
मौलापुर नगरपालिकाले भने चन्दा सहयोग दिएको छैन । संघीय सांसद प्रभु साहले स्थानीय निकाय नहुँदा आफूले व्यक्तिगत लगानीमा मौलापुरमा जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा, नाच प्रतियोगिता र अहिले मौलापुर नगरपालिकाले एक्लो लगानीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको आयोजना गर्दैछ ।
तर, सदरमुकाममा जिल्ला स्तरको क्रिकेट प्रतियोगितामा गर्न सबै स्थानीय तह, संघसंस्था व्यापारीबाट पैसा उठाउन ठगौतीको अलावा केही हुन नसक्ने पूर्व मन्त्री प्रभु साहले दाबी गरेका छन् । पछिल्लो समय रौतहटको अधिकांश स्थानीय तहले मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गरी लाखौँ कुम्ल्याउने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रतिक्रिया