रुसी सहर बेल्गोरोडमा बमबारी - दुईको मृत्यु, पसल र विद्यालयहरू बन्द

काठमाडौँ - रुसी सहर बेल्गोरोडमा बमबारीपछि पसल र विद्यालयहरू बन्द गरिएका छन्। बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभका अनुसार घटनामा दुई जनाको मृत्यु भएको छ ।
त्यहाँका अधिकारीहरूले बमबारीको दोष युक्रेनलाई लगाएको छ । एयर डिफेन्स सिस्टमले आठ युक्रेनी मिसाइलहरू खसालेको ग्लाडकोभले दाबी गरे ।
'युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडका विद्यार्थीहरू सोमबार र मंगलबार विद्यालयमा जादैँनन्', गभर्नरले भने, 'बजारहरू आइतबार र सोमबारसम्म बन्द हुनेछन् ।'
रुसमा आम चुनावमा मतदान जारी छ । अधिकारीहरूले भ्लादिमिर पुटिनको जित निश्चित रहेको बताएका छन् ।

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया