नेपाली समाज यूएईले आज ३५औं स्थापना दिवस मनाउँदै

काठमाडौँ- नेपाली समाज यूएईले आज ३५औं स्थापना दिवस मनाउने भएको छ । अप्रिल २१ तारिख आइतबारको दिन आफ्नो कार्यक्रममा नेपाली समाजले नेपाली समुदायमा योगदान दिएका नेपालीहरूलाई विशेष सम्मान गर्ने भएको छ ।
सन् १९९० मा स्थापना भएको नेपालीहरूको पुरानो संस्था नेपाली समाज नेपालीहरूको सबै भन्दा पुरानो संस्था हो । हाल यस संस्थामा यूएईमा कियाशील रहेका ५० भन्दा बढी संस्थाहरू आबद्ध रहेका छन् ।
विशेष सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको उक्त कार्यक्रममा विभिन्न विधामा समुदायमा योगदान दिएका नेपालीहरूलाई सम्मान गरिने समाजका अध्यक्ष बेद प्रसाद अर्यालले जानकारी दिएका छन् ।
कार्यक्रममा यूएईमा ३५ बर्ष भन्दा बढी कार्यरत रहेका नेपालीहरूलाई पनि सम्मान गरिनेछ । सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट गायक नारायण माझी, कुलेन्द्र विश्वकर्मा, गायिका शान्ति श्री परियार, र रेश्मा बोम्जोम दुबई पुगेका छन् ।
नेपाली पञ्चेबाजा सहित यूएईमा रहेका नेपाली कलाकारहरूले उक्त कार्यक्रममा प्रस्तुति दिनेछन् । यूएईमा आपतमा परेका नेपालीहरूको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको महासचिव केदार कुँवरले बताए ।
समाजले नेपाली दूतावाससँग सहकार्य गरी आपतमा परेका, मृत्यु भएका र विभिन्न कारणले बिरामी भएका नेपालीहरूको उद्धार गर्दै आइरहेको छ । कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री र श्रम काउन्सिलर दिनबन्धु सुबेदी सहितको उपस्थिति रहनेछ ।

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

प्रतिक्रिया