सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता

काठमाडौँ- नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेशनल पेमेन्ट इन्टरफेस (NPI)को माध्यमबाट नेपाल एसबिआई बैंक लिमिटेडमा रहेको आफ्नो बैंक खाताबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न सक्ने जनाएको छ ।
त्यसैगरी भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेस (UPI)को माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्ने जनाएको छन् । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
उक्त कार्यक्रममा एनसीएचएलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी र व्यवसाय प्रवर्द्धन अधिकृत, मनिष कुमार पटेल तथा बैंकका तर्फबाट प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, रितेश अर्याल, मुख्य प्रबन्धक सुरज मानन्धरलगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

प्रतिक्रिया