रुसको शक्ति प्रदर्शनः क्युबा पुग्यो रुसी युद्धपोत

काठमाडौँ - क्युबा नजिक रुसी युद्धपोतको आगमनलाई रुसको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । युक्रेन युद्धका कारण पश्चिमी देश र रुसबीच तनाव बढेको छ ।
अमेरिकी अधिकारीहरूले ती जहाजहरूमा नजर राखेको बताएका छन्। तर, अमेरिकाले पनि यी जहाजहरूले अमेरिकालाई तत्काल कुनै खतरा नरहेको बताएको छ ।
क्यारेबियन देश क्युबा पुग्नुअघि यी जहाजहरूले एट्लान्टिक महासागरमा मिसाइल प्रहार गर्ने अभ्यास पनि गरेका थिए।
यी जहाजहरूमा एक फ्रिगेट र एक आणविक संचालित पनडुब्बी पनि समावेश छन्।
क्युवा र रुसबीच बलियो द्विपक्षीय सम्बन्ध छ। यी जहाजहरू आगामी पाँच दिनसम्म हवाना बन्दरगाहमा रहनेछन्।
यो बन्दरगाह फ्लोरिडाको अमेरिकी नौसेना एयर स्टेसनबाट मात्र १६० किलोमिटर टाढा छ।

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया