आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

राष्ट्र बैंकको पुनर्निर्मित भवन आज हस्तान्तरण हुँदै

काठमाडौँ - नेपाल राष्ट्र बैंकको पुनर्निर्मित भवनको आज हस्तान्तरण हुने भएको छ । २०७२ को भूकम्पले क्षति पुगेको भवनको पुनर्निर्माण भएर हस्तान्तरण हुन लागेको हो ।  हस्तान्तरण कार्यक्रम केही बेरमा सुरु हुनेछ ।

कार्यक्रममा गभर्नर महा प्रसाद अधिकारी, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, राष्ट्र बैंकका विरष्ट डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, आयोजना  निर्देशक काेष नाथ अधिकारी, डेपुटी गभर्नर बम बहादुर मिश्र, बैंकका कार्यकारी निर्देशक सुमन कुमार अधिकारी, बैंकका निर्देशक केशव बहादुर केसीलगायत सहभागी हुनेछन् ।

भूकम्पले क्षतिग्रस्त बनाएको नेपाल राष्ट्र बैंकको भवन वि.सं. १९८८ मा भीम शमशेरको पालामा बनेको थियो। त्यो बेलाको अर्थतन्त्रलाई व्यवस्थापन गर्न र दीर्घकालीन विकासलाई लक्षित गरी भवन बनाइएको थियो। सोही बैंकको भवन वि.सं. २०१३ वैशाख १४ गते उद्घाटन राजा महेन्द्र वीर विक्रम शाहदेवले गरेका थिए।