पुनर्निर्मित भवन हस्तान्तरण समारोहमा गभर्नर अधिकारीले भने- भूकम्पलाई धन्यवाद

काठमाडौँ- नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले भूकम्पले गर्दा नयाँ भवन पाएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैँकको पुनर्निर्मित भवन हस्तान्तरण समारोहमा उनले भूकम्पले क्षति गरेपछि नयाँ भवन बनेकाले भूकम्पलाई धन्यवाद दिनुपर्ने उनको भनाइ छ ।
भूकम्प नआएको भए नयाँ नबन्न सक्ने पनि उनले धारणा राखे । भवन संहिताको पूर्ण पालना गरेर आधुनिक भवन बनेको उनले उल्लेख गरे । निर्माण गरेको अवस्था हेर्दा अहिलेको भवन सय वर्षसम्म जान सक्ने उनले दाबी गरे ।
'राणाकालीनमा बनेको भवन तथा राणाले बनाएको भवन कार्यालय बनेको थियो,' उनले भने, 'त्यसबेला बनेको भवनमा बनेका कार्यालयहरू कामचलाउ थियो । कर्मचारीका लागि अहिले बनेको भवन तथा कार्यालय उपयुक्त छ । हिजोको अवस्था भने राम्रो थिएन ।'
आधुनिक भवनमा बसेर काम गर्दा कर्मचारीको जोश जाँगर बढ्ने गभर्नर अधिकारीले उल्लेख गरे । निर्माणकर्ता कम्पनी सिको समानान्तरलाई धन्यवाद प्रकट गरे ।
बजेटसँग तुलना गरेर हेर्दा एकदमै महत्त्वपूर्ण काम सम्पन्न भएको अधिकारीको भनाइ छ । यतिको बजेटमा बनेको भवन गर्व गर्न लायकको रहेको उनले खुलाए । सबैले गरेको मेहनतलाई हार्दिक आभार व्यक्त गर्न चाहेको उनले बताए ।
'भवनसँग सरोकार राख्ने सम्पूर्ण सरकारी कार्यालयलाई हार्दिक धन्यवाद दिन चाहन्छु,' उनले अगाडि थपे ।
भिडियो:

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

कुमारी बैंकका ग्राहकले भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशत छुट पाउने

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एसबीआई बैंक र एनसीएचएलबीच सम्झौता

हिमालयन बैंकको लमजुङ गौडा शाखा दूधपोखरीमा स्थानान्तरण

प्रतिक्रिया