काभा वुमन्स नेसन्स भलिबल : आज नेपाल र भारत भिड्दै

काठमाडौँ- नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज भारतको सामना गर्दै छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज दिउँसो ३ बजेदेखि यो खेल शुरु हुने छ ।
यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नेपाल ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै भारतले भने इरान र माल्दिभ्सलाई पराजित गरेर ६ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ ।
आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५:१५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५:१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया