भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका सन्दर्भमा अख्तियारसँग समितिले छलफल गर्ने

काठमाडौँ -प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका सन्दर्भमा अख्तियारसँग छलफल गर्ने भएको छ ।
सिंहदरबारमा आइतबार बसेको बैठकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न अख्तियारको नेतृत्वलाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
बैठकमा समिति सदस्यहरूले पदीय हैसियतको दुरुपयोग गर्नेलाई कारवाहीको दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । भ्रष्टाचार मुद्दामा सजाय कम हुँदा अकुत सम्पत्तिलाई वैद्य बनाउन सक्ने तर्फ सजक हुनुपर्ने समिति सदस्य सोबिता गौतमले बताइन् ।
उनले एक करोड रुपैया भन्दा बढि जतिसुकै भ्रष्टाचार गरेपनि ८ बर्ष देखि १० वर्षसम्म कैदको व्यवस्थामा संशोधन गर्न सुझाव दिइन् ।
त्यस्तै समिति सदस्य अर्जुन नरसिंह केसीले भ्रष्टाचार जन्य कसुरमा ५ वर्षे हदम्याद राख्ने विषयमा संशोधन गर्नुपर्नेमा जोड दिए । उनले भ्रष्टाचारीलाई उम्काउने गरि विधेयकमा व्यवस्था भए आम नागरिकमा नकारात्मक सन्देश जाने उल्लेख गरे ।
बैठकमा गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐनमा आएका उपयुक्त संशोधनहरू सरकारलाई स्वीकार्य हुने बताए ।
उनले छिटो छलफल गरेर विधेयकलाई अघि बढाउन आग्रह गरे ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया