स्थायी आवास बनाउनका लागि सरकारले गम्भीरताका साथ अघि बढिरहेको छ : गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले जस्तोसुकै विपदमा परेका नागरिकको स्थायी आवास निर्माण गर्न अनुदान दिनका लागि मापदण्ड तयार गरेको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सबै खालका विपदबाट घर क्षति भएका नागरिकको अस्थायी आवाज निर्माणका लागि अस्थायी आवास अनुदान मापदण्ड २०८१ तयार गरिएको बताए ।
मन्त्रिपरिषदबाट पारित भएपछि मापदण्ड कार्यान्वयन हुने उनले बताए । उनले २५–२५ हजार दुई किस्तामा रकम दिने गरि मापदण्ड तयार भएको जानकारी दिए ।
स्थायी आवास बनाउनका लागि सरकारले गम्भीरताका साथ अघि बढिरहेको उनको भनाइ छ ।
उनले जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूका लागि ३ अर्ब १६ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिए ।

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रतिक्रिया