रुसमा गयो ७ म्याग्निच्युडको भूकम्प, भयानक ज्वालामुखी बिष्फोट

मस्को - रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो ।
रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विष्फोटपछि उठेको धुवाँको मुस्लो तटीय क्षेत्रबाट ८ किलोमिटर उचाइसम्म देखिएको थियो ।
यो ज्वालामुखी रुसी तटीय सहर पेट्रोपाभलोभस्ककमचात्स्कीबाट ४५० किलोमिटर टाढा छ। यो सहरको जनसंख्या १ लाख ८० हजार छ । यद्यपि विष्फोटबाट कुनै पनि मानवीय वा धनमालको क्षतिको खबर प्राप्त भएको छैन ।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रबिन्दु पेट्रोपाभलोभस्क कमचात्स्की शहरबाट ८८ किलोमिटर टाढा समुन्द्रमा रहेको जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दुको गहिराई ४८ किलोमिटर थियो । अमेरिकाको सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरको दायराभित्र सुनामीको चेतावनी जारी गरेको छ ।
शिवेलुचमा गत वर्ष पनि विस्फोट भएको थियो, सन् १९९९ देखि लगातार लाभा निस्किरहेको छ । शिवेलुच रूसको सबैभन्दा सक्रिय ज्वालामुखी हो। गत वर्ष अप्रिल ११ मा पनि विस्फोट भएको थियो । यसपछि खरानी र धुवाँको २० किलोमिटर अग्लो बादल उठ्यो । यो धुवाँ १ लाख ८ हजार वर्ग किलोमिटरमा फैलिएको थियो ।
शिवेलुचमा सन् १८५४ र १९६४ मा विष्फोट भएको थियो, जसले लाभाको ठूलो भागको पतन गराएको थियो। यसपछि १५ अगस्ट १९९९ मा यंग शिवलुचमा विस्फोट भएको थियो । त्यसयता यो निरन्तर सक्रिय छ र लाभा फुकिरहेको छ।
२७ फेब्रुअरी २०१५ मा पनि शिवेलुचमा भीषण विष्फोट भएको थियो । विस्फोट यति शक्तिशाली थियो कि खरानी अलास्कामा ९,१०० मिटर टाढा खसेको थियो। रिपोर्टका अनुसार रूसमा कुल ६१ सक्रिय ज्वालामुखीहरू छन्।

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया