साउनमा कति भित्रियो रेमिट्यान्स ?

काठमाडौँ - आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा रेमिट्यान्समा अघिल्लो वर्षको तुलनामा निकै सुधार देखिएको छ । साउन महिनामा मात्र रेमिट्यान्स १८.० प्रतिशतले वृद्धि भई १ अर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ ।
बिहीबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ८७ करोड ९८ लाख रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९,१५२ र १६,४२३ रहेको थियो ।

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

कुमारी बैंकका ग्राहकले भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशत छुट पाउने

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एसबीआई बैंक र एनसीएचएलबीच सम्झौता

हिमालयन बैंकको लमजुङ गौडा शाखा दूधपोखरीमा स्थानान्तरण

प्रतिक्रिया