कुमारी बैंकको दसैं उत्सव क्यासब्याक अफर सञ्चालनमा

काठमाडौँ- अनवरतरुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउँदो विजया–दशमीका अवसरहरूमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरुप दसैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।
घटस्थापनादेखि महानवमीसम्मको ९ दिन सञ्चालनमा रहने यस अफरमार्फत कुमारी बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्गमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम रू. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो योजना अन्र्तगत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११:५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने ब्यवस्था गरिएको छ । यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरूमा विद्युतीय भुक्तानीका माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

कुमारी बैंकका ग्राहकले भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशत छुट पाउने

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एसबीआई बैंक र एनसीएचएलबीच सम्झौता

हिमालयन बैंकको लमजुङ गौडा शाखा दूधपोखरीमा स्थानान्तरण

प्रतिक्रिया