यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

दोलखा - रामेछाप, ओखलढुङ्गा, मन्थली, सोलुखुम्बू लगायतका सवारीसाधन दोलखा हुँदै जाने चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड लागू गरेको छ ।
चाडपर्वमा हुने भीडभाडमा यात्रुको सहजताका लागि खरिढुङ्गा, सातदोबाटो चरिकोट, सिङ्गटी, जिरीमा यात्रु सहायता कक्ष स्थापना गरी टाइम कार्ड लागू गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार खरिढुङ्गा–चरिकोट (२२ किमी) कम्तीमा एक घण्टा, चरिकोट–किर्नेटार (३९ किमी) कम्तीमा एक घण्टा ३५ मिनेट, चरिकोट–जिरी (५६ किमी) कम्तीमा दुई घण्टा १५ मिनेट र चरिकोट–सिँगटी (३९ किमी) का लागि कम्तीमा एक घण्टा ३५ मिनेट समय तोकिएको छ ।
यात्राका क्रममा असहजता महसुस भए सहायता कक्षामा उजुरी वा गुनासो गर्न ट्राफिक सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर भट्टराईले बताउनुभयो । खरिढुङ्गा सहायता कक्ष आज जिल्ला प्रमुख अधिकारी टुवाराज पोखरेल उद्घाटन गर्नुभयो ।
यात्रु सहायता कक्षमार्फत ट्राफिक नियमबारे सचेत गराउने, क्षमताभन्दा बढी यात्रु बोकेमा, तोकिएभन्दा बढी भाडा लिएमा जाँच गर्ने प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।
गत असोज ११ र १२ गतेको बाढीपहिरोले अन्य जिल्लाका विभिन्न पुल र सडक बगाउँदा दोलखा हुँदै काठमाडौँ आवतजावत गर्ने रामेछाप, ओखलढुङ्गा मन्थली, सोलुखुम्बूलगायत सवारीसाधन दोलखा हुँदै गुड्न थालेका हुन् ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया