छठ वैदिककालदेखिको पर्व हो : थापा

चन्द्रपुर (रौतहट)- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छठपर्व वैदिककालदेखिको पर्व भएको बताएका छन् । बिहीबार साँझ रौतहट आएका महामन्त्री थापाले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित छठको शुभकामना आदान कार्यक्रममा यस्तो बताएका हुन् ।
आफू अहिले मधेसमा छठको अवसरमा परिवारसहित मठमन्दिर दर्शन गर्ने उद्देश्यले आएको बताउँदै महामन्त्री थापाले काठमाडौँको कमलपोखरीमा छठघाट बनाएको स्मरण गरेका थिए । बूढापाकाका भनाइअनुसार हिन्दूहरूले छठपर्व वैदिककालदेखि मनाउँदै आएको हुँदा यो पर्व देशव्यापी रूपमा मनाउन थालिएको महामन्त्री थापाले बताए ।
“सबैले देशको भाषा, संस्कृति तथा धर्मका बारेमा जान्न अति जरुरी छ,” महामन्त्री थापाले भने, “यही कुरा सिकाउन पनि आफू श्रीमती र छोरीसहित छठ हेर्न मधेस झरेको हुँ ।” उहाँ बिहीबार विभिन्न जिल्ला हुँदै रौतहटबाट वीरगञ्ज जानुभएको नेविसङ्घ रौतहटका पूर्वअध्यक्ष श्यामहरि चौलागाईँले जानकारी दिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादव, रौतहट जिल्ला सभापति तथा मधेस प्रदेशका अर्थमन्त्री जितेन्द्र यादव, रौतहट क्षेत्र नं ४ का सांसद देवप्रसाद तिमिल्सिना, रौतहटको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले, गढीमाई नगरपालिकाका प्रमुख श्याम यादव, परोहा नगरपालिकाका प्रमुख शेख वकिल, राजपुर नगरपालिकाका प्रमुख रजिक आलमलगायत कांग्रेसका नेताहरूको सहभागिता थियो ।

‘हाम्रो माया घर’ निर्माणले गति लियो

मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

पानीमा डुबेर दुई बालकको मृत्यु

ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

प्रतिक्रिया