सर्लाहीको हरिपूर्वामा झुण्डिएको अवस्थामा युवाको शव फेला

सर्लाही- सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित एकजना युवकको शव रुख माथि झुण्डिएकोअवस्थामा फेला परेको छ । युवकको हत्या गरिएको आशंका गरिएको छ ।
हरिपुर्वा ४ डुमरिया गाउँमा स्थानीय सिकिन्द्र रायको छोरा अन्दाजी १९ बर्षको धिरज रायको हाथ खुट्टा बाँधिएको तथा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेका हुन् । पीडित परिवारले कसैले धीरजको हत्या गरेर रुखमा झुण्ड्याएको हुनसक्ने दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि दीपक श्रेष्ठले घटनाको पुष्टी गरेका छन् । प्रवक्ता श्रेष्ठले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टरको कमाण्डमा बिशेषज्ञको टोली घटनास्थल गएको जानकारी दिएका छन् ।

‘हाम्रो माया घर’ निर्माणले गति लियो

मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

पानीमा डुबेर दुई बालकको मृत्यु

ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

प्रतिक्रिया