अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेट्छौ - प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा समेट्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरूले समेत आफ्नो काम अवधिको सामाजिक सुरक्षा पाउने गरी कोषमा आबद्ध हुने व्यवस्था मिलाइने बताए ।
‘अस्थायी, ज्यालादारी, करारमा रहेका सबै कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको दायराभित्र समेट्नुपर्छ, केही दिन मात्र सेवा गरे पनि यो नियम लागू गर्नुपर्नेछ, यसरी थोरै भए पनि उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्छ’, उनले भने ।
वैदेशिक रोजगारीमा गएका सबै युवालाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । देशबाहिर रोजगारीमा रहेको २५-२६ लाख युवालाई कोषमा जोडेर उनीहरूको आर्थिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

प्रतिक्रिया