एमालेलाई कार्यालय भवन बनाउने बाटो खुल्यो, सर्वोच्चले गरिदियो रिट खारेज

काठमाडौं - नेकपा एमालेलाई कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन बनाउने बाटो खुलेको छ ।
सर्वोच्च अदालतले आज एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनीका मीनबहादुर गुरुङले दान गरेको जग्गा सम्बन्धी विवाद टुङ्ग्याउँदै बाटो खुल्ला गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेको छ ।
यसअघि पटक पटक पेशी चढेर पनि सुनुवाइ स्थगित भइरहेको बेला आज भने सर्वोच्चले रिट खारेज गरेर भवन निर्माण गर्न बाटो खुल्ला गरिदिएको हो ।
व्यवसायी गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा यसअघिको अन्तरकालीन अन्तरिम आदेश जारी भएको थियो ।

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

प्रतिक्रिया