सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत

घोडाघोडी (कैलाली)- कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बेत बन्दै गएको छ । तीन सय हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा बेत बिक्री हुने भएकाले आम्दानीको प्रमुख बनेको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताए ।
“सुदूरपश्चिममा सबैभन्दा बढी बेत उत्पादन हुने यही वन हो”, चौधरीले भने, “वनको आम्दानीको मुख्य काठ नभइ बेत नै बनेको छ । सानो र ठूलो गरी चार वटा प्लटमा बेत उत्पादन गरिन्छ ।”
बेत काट्का लागि अनुभवी कामदार आवश्यक पर्छ । “गत वर्ष ठूलो परिमाण भएको प्लटको बेत काटेका थियौ । उनले भने, “वन कार्ययोजनाअनुसार छ हजार पाँच सय क्विन्टल काट्ने अनुमति पाएका थियौँ । तर अनुभवी कामदारको अभावले दुई हजार सात सय क्वीन्टल बेत मात्रै काट्न सक्यौँ ।”
बेतका कारण स्थानीय उपभोक्ताले रोजगारी पाउने गर्दछन् । प्रत्येक वर्ष फागुन १५ गतेपछि दुई महिनासम्म बेत काट्ने गरिन्छ । बेत काटेवापत स्थानीय उपभोक्ताहरुले प्रतिकिलो रु १०का दरले पारिश्रमिक पाउँछन् । एक जनाले दिनमा रु एक हजारदेखि दुई हजारसम्म कमाउँछन्, चौधरीले भने ।
बेत बिक्रीका लागि स्थानीय उपभोक्तालाई प्रतिकिलो रु ५० का दरले बिक्री गरिन्छ भने अन्यलाई रु ९० तोकिएको छ । गत वर्ष दुई हजार सात सय क्विन्टल काटेको बेत सुकेर नौ सय क्विन्टल भएको थियो । जसलाई प्रतिकिलो रु ९० का दरले छ सय क्विन्टलका बिक्रीका लागि बोलपत्र आह्वान गरिएको उनको भनाइ छ ।
“जिल्लामा बेतको माग धेरै छ”, चौधरीले भने, “नियमअनुसार १० प्रतिशत स्थानीय उपभोक्ता र १० प्रतिशत जिल्लाभित्रका उपभोक्तालाई मात्रै दिन पाइन्छ ।”
नजिकै रहेको सामुदायिक वनबाट बेत बास पाउँदा सहज हुने गरेको उद्योग सञ्चालक भरतलाल बिक बताउँछन् । विगत पाँच वर्षदेखि बेत बाँस उद्योग सञ्चालन गरिरहेका उनले उद्योगमा स्थानीय ३५ जनाभन्दा धेरैलाई रोजगारी पनि दिएका छन् ।
उनले बेत खरिदका लागि भने समस्या हुने गरेको बताए । विकले भने, “धेरै बेत आवश्यक हँुदा टेण्डर प्रक्रियामा नै जानुपर्छ । टेण्डरमा जाँदा एकमुष्ट धेरै लगानी हामी लगाउन सक्दैनौँ । सबै बेत बाहिर जान्छ र हामीलाई कच्चापदार्थको अभाव हुन्छ । स्थानीय उद्योगमा खपत भई बाँकी रहेको बेत टेण्डर लगाउने गरेको भए सहज हुन्थ्यो”, उनले भने ।
कर्णाली नदीको छेउमा रहेकाले सत्ती कर्णाली सामुदायिक वन कटान हुँदै गएको छ । पचास हेक्टरभन्दा बढी वन कटान भइसकेको छ । कटानका कारण मुख्य आम्दानीको स्रोतका रूपमा रहेको बेतहरु बगेर जाने गर्दछन् । वन कटानसँगै नजिकै रहेको बस्ती पनि जोखिममा छ । रासस

चुरेमा हात्तीको बथान, बस्तीमा त्रास

घटेनन् कञ्चनपुरमा सवारी दुर्घटना

छाउगोठ नभत्काए १० हजार जरिवाना

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_zmrtgLU5zm_iu2bxtl38dsxgbibrn12hnmzftwz4ilikjfkeq3mqe3zmueg5ircq5cqw62s.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

प्रतिक्रिया