मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महान पर्व तमु ल्होसार/ल्होछार र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा समुदायले मनाउने महान पर्व तोल ल्होसार/ल्होछारको सुखद उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन् ।  

“तमु ल्होसार पुस १५ गतेको दिन बिहानैदेखि पूजाआजा गर्ने र देवतालाई खुशी पार्न विभिन्न प्रकारको भोग लगाउने जस्ता परम्पराले समुदायगत धार्मिक आस्था र विश्वासलाई थप प्रगाढ बनाउँदै मन, बचन र कर्ममा पवित्रता र आध्यात्मिकता बढाउनमा सघाउने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले भनेका छन् ।  

यसैगरी उपराष्ट्रपति यादवले तोल ल्होसारको पनि शुभकामना व्यक्त गरेका छन्  । यस वर्ष पुस १६ गते (पुस शुक्ल प्रतिपदाको दिन) हिमाली भेग हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायतका जिल्लामा बसोबास गर्ने लामा, शेर्पालगायतका समुदायले नयाँ वर्षका रुपमा तोल ल्होसार धुमधामका साथ मनाउँदै छन् । 

“हाम्रा चाडपर्वहरुले समुदायको भाषा, संस्कृति, पहिरन र रैथान रीतिरिवाजलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, पर्वलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने प्रयास गर्दै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थप्न जरुरी छ”, उनले भनेका छन् ।
 

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक