जतिसक्दो चाँडो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुुठीसम्बन्धी सम्पूूर्ण समस्या समाधानका लागि जतिसक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रियसभाअन्तर्गतको समितिको सिंहदरबारस्थित कार्यकक्षमा भएको भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिएको निर्देशनको प्रगति अवस्थाबारे भएको छलफलपछि सो मन्त्रालयलाई देशभरको गुठीसम्बन्धी समस्या समाधान गर्नेगरी विधेयक ल्याउन निर्देशन दिएको हो ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले देशभर रहेको गुठीको जग्गा खोज्ने काम गरिरहेको उल्लेख गर्दै गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको पनि जानकारी दिए ।
मन्त्री अधिकारीले भने,“भूूमिहीनको समस्या समाधान गर्नका लागि राष्ट्रिय भूमि आयोगलाई अधिकार सम्पन्न बनाउँदै भएका कानुनका अप्ठ्यारा फुकाउनुु पर्नेछ, त्यसका लागि पनि मन्त्रालयले काम गरिरहेको छ, पुस महिनाभित्र सबै जिल्लामा आयोग बनाउने काम सकिनेछ ।”
बैठकमा सांसदले गुठी समस्या समाधानका लागि भइरहेको पहल, गुठी ऐन निर्माणका लागि भइरहेका काम, र भूमिहीनको समस्या समाधान लागतका विषयमा जोड दिएका थिए ।

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

प्रतिक्रिया