लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने

लुम्बिनी - लुम्बिनी प्रदेशमा पाठेघर मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ को खोप करिब दुई लाख ९० हजार किशोरीलाई लगाइने भएको छ ।
सरकारको १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई ‘एचपिभी’ को खोप लगाउने देशव्यापी अभियानअन्तर्गत आजदेखि लुम्बिनी प्रदेशमा खोप कार्यक्रम सुरु भएको छ ।
लुम्बिनी प्रदेशका दुई लाख ९० हजार १२४ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका लागि आवश्यक पर्ने खोप सम्बन्धित सबै खोप केन्द्रहरुमा पठाइएको मन्त्रालयलले स्पष्ट गरेको छ ।
प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीका ६१ हजार २३१ किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । यसैगरी, दाङमा ४२ हजार ६७ र कपिलवस्तुमा ३९ हजार ५२५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले रुकुम पूर्वमा सबैभन्दा कम तीन हजार ५९१ र अर्घाखाँचीमा नौ हजार ३३४ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । पाल्पामा १२ हजार ५६६, गुल्मीमा १३ हजार ४६, नवलपरासी पश्चिममा १८ हजार ७९३, रोल्पामा १५ हजार ४७८, प्यूठानमा १६ हजार ३३५, बर्दियामा २४ हजार ६५ र बाँकेमा ३४ हजार ९३ जनाले ‘एचपिभी’ खोप लगाउने भएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको राप्ती गाउँपालिकास्थित आदर्श नमूना माध्यमिक विद्यालय लालमटियामा शुभारम्भ गरे ।
अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीसहित १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीलाई लक्षित गरिने भएको छ ।

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

प्रतिक्रिया