हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक
हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन्। गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले मनाङ भ्रमण गरे।
चिनियाँ नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएकाले जनवरीमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनका पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय मनाङले जनाएको छ। चीनका मात्रै एक सय ९९ पर्यटक यहाँ घुम्न आएका छन्।
एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार छिमेकी मुलुक भारतका एक सय छ नागरिकले भ्रमण गरेका छन् । गत वर्षहरुमा अफ सिजनमा खासै विदेशी पर्यटकको आगमन नहुने गरेकामा यस वर्ष बढ्दो क्रममा देखिएको हो।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया