६५ करोडले महाकुम्भमा लगाए डुबुल्की

काठमाडौं - भारतको प्रयागराजस्थित महाकुम्भमा ६५ करोडले स्नान गरेका छन् । माघ १ देखि फागुन १४ गतेसम्म ४५ दिनको अवधिमा ६५ करोडभन्दा बढी मानिसले डुबुल्की लगाएको उत्तर प्रदेश सरकारले अनुमान गरेको छ । महाकुम्भ मेला महाशिवरात्रिको दिनदेखि समापन हुनेछ ।
भारतका झन्डै आधा जनसंख्याले त्रिवेणी संगममा स्नान गरेका छन् । महाशिवरात्रिको दिन अहिलेसम्म ५५ लाख मानिसले स्नान गरेका छन् । संसारको कुनै पनि स्थानमा यति धेरै संख्यामा मानिसहरूले स्नान गरेका छैनन् । ६५ करोडभन्दा बढी श्रद्धालुले सनातन आस्थाको डुबुल्की लगाएर धार्मिक र सांस्कृतिक एकताको अद्वितीय सन्देश दिएका छन् ।
अमेरिकाको जनसंख्याभन्दा दुई गुणा, पाकिस्तानको जनसंख्याको अढाई गुना र रूसको जनसंख्याको चार गुणाभन्दा बढी श्रद्धालुले डुबुल्की लगाएका छन् ।
विभिन्न ७३ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले महाकुम्भमा स्नान गरेको बताइन्छ । नेपालका ५० लाखभन्दा बढी मानिसले स्नान गरेका छन् । इटाली, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिका, इजराइल, इरान, मोरिससलगायतका देशका नागरिक महाकुम्भ मेलामा पुगेका थिए ।

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया