रुससँगको आणविक सहकार्य जारी राख्न बङ्गलादेशको आह्वान

ढाका- बङ्गलादेशको अन्तरिम सरकारले गत वर्ष ढाकाको क्रान्तिपछि रुसको सरकारी स्वामित्वमा रहेको रोसाटमका निर्देशकले गरेको पहिलो भ्रमणका क्रममा विवादास्पद आणविक संयन्त्रलाई मस्कोले गरेको ‘महत्त्वपूर्ण’ समर्थनको प्रशंसा गरेको छ ।
रूपपुरमा आणविक संयन्त्रको निर्माण सन् २०१७ मा पूर्व प्रधानमन्त्री शेख हसिनाको कार्यकालमा सुरु भएको थियो ।
धेरै ढिलाइ भएको दुई हजार चार सय मेगावाटको यो परियोजनाले अतिरिक्त ऊर्जा ग्रिडलाई सुदृढ पार्ने लक्ष्य राखेको छ र पूर्ण रूपमा सञ्चालनमा आएपछि उत्पादन क्षमताका आधारमा बङ्गलादेशको सबैभन्दा ठूलो विद्युत् केन्द्र हुनेछ ।
रूसी आणविक ऊर्जा दिग्गज रोसाटमका प्रमुख अलेक्सी लिखाचेभ अन्तिम पटक सन् २०२४ अप्रिलमा बङ्गलादेशमा हुनुहुन्थ्यो । यो अगस्टमा हसिनालाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको विद्रोहको केही समयअघि थियो ।
हसिनाका उत्तराधिकारी अन्तरिम नेता मुहम्मद युनुसले लिखाचेभसँग भेट गर्नुभयो र उहाँहरूले रूपपुर संयन्त्रसम्बन्धी ‘बङ्गलादेश र रुसबीचको निरन्तर सहकार्य’ बारे छलफल गरे ।
“हामी तपाईंको समर्थनको प्रतीक्षामा छौँ, जुन हाम्रा लागि निकै महत्त्वपूर्ण छ”, युनुसले आफ्नो कार्यालयबाट जारी विज्ञप्तिअनुसार रुसी टोलीलाई भने ।
रूपपुर संयन्त्र हसिनाद्वारा शुरू गरिएको सबैभन्दा महङ्गो पूर्वाधार परियोजना थियो तर त्यसयता ९० प्रतिशत मस्को ऋणद्वारा वित्तपोषित १२ अर्ब ६५ करोड डलरको यो योजना भ्रष्टाचारका आरोपहरूले घेरिएको छ ।
सतहत्तर वर्षीया हसिना आफ्नो पुरानो सहयोगी भारत भागेकी छन् । भारतमा उनले सामूहिक हत्यासहितका आरोपहरूको सामना गर्न बङ्गलादेशबाट प्रत्यर्पण अनुरोधलाई अवहेलना गरेकी छन् ।
बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगले डिसेम्बरमा हसिना र उहाँको परिवारमाथि रूपपुर प्लान्ट परियोजनासँग सम्बन्धित पाँच अर्ब डलरको कथित घोटालासहित अनुसन्धान सुरु गरेको थियो ।
युनुसको कार्यालयले सन् २०२६ को अन्त्यसम्म त्यो अवधि विस्तार गर्ने प्रस्तावसहित दुई पक्षले मस्कोसँगको ढाकाको ऋण सम्झौताबारे पनि छलफल गरेको बताएको छ ।
विशेष गरी उपभोक्ताहरू चिसोका लागि ऊर्जा–भोक एयर कन्डिसनरमा भर पर्दा करिब १७ करोड जनसङ्ख्या भएको बङ्गलादेश हाल छिमेकी भारतबाट सीमापार बिजुली आयात गर्नमा धेरै निर्भर छ ।
बङ्गलादेश र भारतबीचको सम्बन्ध बिग्रिएको छ । ढाकाले हसिनालाई घर फर्काउन माग गरिरहेको छ । (एएफपी)

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया