पूर्वी युक्रेनमा रुसी हमलामा पाँच जनाको मृत्यु

किभ- किभ नजिकै ड्रोन आक्रमणको केही घन्टापछि देशको पूर्वमा रहेको फ्रन्ट–लाइन सहरमा रुसी हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको र आठ जना घाइते भएको युक्रेनले बुधबार बताएको छ ।
व्यापक रुसी ड्रोन बमबारीले राति किभ नजिकै एक युक्रेनी पत्रकारसहित दुई जनाको ज्यान गएको ती पत्रकारको समाचार एजेन्सीले जनाएको छ ।
युक्रेनी वायुसेनाले रुसले देशभरका लक्ष्यहरूमा विभिन्न प्रकारका १७७ ड्रोनको बमबारी गरेको बताएपछि किभमा एएफपी पत्रकारहरूले विस्फोटको आवाज सुनेका थिए ।
रुसी सेनाहरू कोस्त्यान्तिनिभ्का सहरतर्फ अघि बढिरहेका छन् र पूर्वी डोनेट्स्क क्षेत्रको नागरिक केन्द्रमा तीव्र रूपमा बमबारी गरिरहेका छन् । पूर्वी डोनेट्स्क क्षेत्रलाई क्रेमलिनले रुसको हिस्सा भएको दाबी गरेको छ ।
“कोस्त्यान्तिनिभ्कामा भएका आक्रमणहरूमा कम्तीमा पाँच जनाको मृत्यु भयो र आठ जना घाइते भए”, डोनेट्स्क क्षेत्रका गभर्नर भादिम फिलास्किनले सामाजिक सञ्जालमा लेख्नुभयो ।
यो आक्रमणले फराकिलो फ्रन्ट लाइनमा राम्रो स्रोत र ठूलो रूसी सेनाको सामना गरिरहेको युक्रेनी सेनाहरूका लागि बढ्दो कठिन लडाइँको पुष्टि गर्दछ ।
युक्रेनी राजधानी नजिकै युक्रेनी ऊर्जा सुविधाहरूलाई क्षति पुर्याउने र दुई व्यक्तिको ज्यान लिने हवाई आक्रमणमा रुसले रातारात दर्जनौँ ड्रोन प्रहार गरेपछि लगभग ६७ हजार मानिसको अनुमानित युद्धपूर्वको जनसङ्ख्या भएको कोस्त्यान्तिनिभ्कामा आक्रमण भएको हो ।
युक्रिनफर्म समाचार एजेन्सीले बुधबार दिउँसो आफ्ना पत्रकार तेतियाना कुलिक आक्रमणमा मारिएकाहरू मध्ये एक रहेको घोषणा गरेको छ ।
“उनको असामयिक मृत्युले उनका सहकर्मीहरूलाई स्तब्ध पारेको छ र एजेन्सीका लागि यो ठूलो क्षति हो”, एजेन्सीले एक वक्तव्यमा भन्यो । (एएफपी)

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया