बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

उत्तर कोरियाले एक अर्ब ५० करोड डलरको क्रिप्टोकरेन्सी चोरी गरेको एफबिआईको भनाइ

वासिङ्टन- अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले उत्तर कोरियामाथि गत हप्ता एक अर्ब ५० करोड डलरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको छ । यो इतिहासमा सबैभन्दा ठूलो क्रिप्टो चोरी हो ।

“उत्तर कोरिया क्रिप्टोकरेन्सी एक्सचेन्ज, बाइबिटबाट लगभग एब अर्ब ५० करोड अमेरिकी डलर मूल्य बराबरको भर्चुअल सम्पत्ति चोरीको लागि जिम्मेवार थियो”, एफबिआईले एक सार्वजनिक सेवा घोषणामा भनेको छ ।

ब्युरोले लाजारस ग्रुप पनि भनिने ट्रेडरट्रेटर एक समूह चोरीको पछाडि रहेको बताएको छ ।

“उनीहरू दु्रत गतिमा अघि बढिरहेका छन् र चोरी गरिएको केही सम्पत्तिलाई बिटकोइन र अन्य भर्चुअल सम्पत्तिमा परिवर्तन गरिसकेका छन् जुन धेरै ब्लकचेनहरूमा हजारौँ ठेगानामा फैलिएका छन्”, ब्युरोले भनेको छ, “यी सम्पत्तिहरू थप रूपमा धुलाइ गरिने र अन्ततः फिएट मुद्रामा परिवर्तन गरिने अपेक्षा गरिएको छ ।”

उत्तर कोरियाली नेता किम जोङ उनको उपहास गर्ने फिल्म ‘द इन्टरभ्यु’ को बदलामा सोनी पिक्चर्समा ह्याकिङ गरेको आरोप लागेपछि लाजारस समूहले एक दशकअघि कुख्याति प्राप्त गरेको थियो ।

उत्तर कोरियाको साइबर–युद्ध कार्यक्रम कम्तीमा सन् १९९० को मध्यदेखि सुरु भएको हो।

सन् २०२० को अमेरिकी सैन्य प्रतिवेदन अनुसार, त्यसबेला देखि यो छ हजार जना सदस्य भएको साइबर–युद्ध एकाइ बनेको छ जसलाई ब्युरो १२१ भनिन्छ र यो धेरै देशबाट सञ्चालन हुन्छ । (एएफपी)

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी पाउँदै नागरिक

इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्य…