पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटनामा ८ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार एक यात्रुवाहक बस दुर्घटना हुदाँ कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
चालिस भन्दा बढी यात्रु बोकेको बस दक्षिणी बन्दरगाह सहर कराँचीबाट उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गर्दा चालकको लापरवाहीका कारण दुर्घटना भएको मोटरवे प्रहरीका प्रवक्ता साकिब वाहिदले बताए ।
घटनालगत्तै मोटरवे प्रहरीसहितको आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको उनले थपे ।
“घाइतेलाई तत्कालै नजिकैको जिल्ला सदरमुकाममा उपचारका लागि लगिएको हो ।”
साथै, अधिकारीहरूले पल्टिएको बसलाई सीधा गर्न क्रेन प्रयोग गरिएको जानकारी दिए ।
दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको छ भने उद्धार तथा राहत कार्य जारी रहेको छ । (सिन्ह्वा)

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया