बेल्जियमको नर्सिङ होममा छुरा प्रहार, दुई जनाको हत्या

ब्रसेल्स- बेल्जियमको एक नर्सिङ होममा बस्ने दुई जना वृद्धको छुरा प्रहार गरी हत्या गरिएको छ । आक्रमणमा संलग्न रहेको आशङ्कामा सोही नर्सिङ्ग होमका एक वृद्धलाई पक्राउ गरिएको बेल्जियमका मेयर कोएनराड डेग्रोटेले शुक्रबार बताए ।
पश्चिमी बेल्जियमको डेन्टर्जेममा भएको आक्रमणपछि अस्पतालमा उपचाररत अर्का एक वृद्धले आफ्नो ज्यान जोगाउन सङ्घर्ष गर्नुपरेको बताएका नगरपालिका प्रमुखले एएफपीलाई बताए ।
नगर प्रमुखका अनुसार मृत्यु हुनेमा सबै ९० वर्षका रहेका छन् । डेग्रोटेका अनुसार संदिग्ध आक्रमणकारी पनि नर्सिङ होममा बस्ने ९० वर्षका एक बासिन्दा थिए ।
स्थानीय अभियोजकको कार्यालयले एएफपीलाई दिएको जानकारीमा दुई जनाको हत्यापछि एक जनालाई पक्राउ गरिएको र आक्रमणमा घाइते भएका अर्का एक जना अस्पतालमा रहेको पुष्टि गरेको छ ।
घटनाको कारण तत्काल खुल्न नसकेको र अनुसन्धानपछि जानकारी गराउने स्थानी प्रहरीले जनाएको छ । (एएफपी)

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया