अस्पताल भर्ना भएका पोपको अवस्था कस्तो छ ? यस्तो भन्छ भ्याटिकन

रोम- पोप फ्रान्सिसको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको एक दिनपछि भ्याटिकनले सोमबार अस्पतालमा १७ औँ रात बिताएको र उनले उपचारबाट आराम महसुस गरिरहेको जनाएको छ ।
अर्जेन्टिनामा जन्मिएका क्याथोलिक चर्चका प्रमुख पोपलाई ‘ब्रोन्काइटिस’का कारण फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनलाई निमोनियासमेत देखिएको थियो ।
शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएपछि सम्बन्धित उपचार भएको र शनिबार उहाँको अवस्था ‘स्थिर’ रहेको भ्याटिकनले बताएको छ ।
“पोपले रातभर आराम गर्नुभयो,” क्याथोलिक चर्च र भ्याटिकन सिटीको प्रशासनिक निकाय (होली सी) ले सोमबार बिहान जारी गरेको संक्षिप्त अपडेटमा भनिएको छ।
विश्वका करिब एक अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीका नेतालाई शुक्रबार र शनिबार ‘नन इन्भेसिभ मेकानिकल भेन्टिलेसन’ अर्थात् भेन्टिलेसन मास्कको आवश्यकता परेको र अझै पनिधेरै मात्रामा अक्सिजन लिइरहेको भ्याटिकनले आइतबार जनाएको छ ।
उनलाई ज्वरो नआएको र आइतबार बिहान उहाँले सामूहिक जमघटमा भाग लिनुभएको थियो र बाँकी दिन प्रार्थनासँगै आराम गरिरहेका थिए ।
भ्याटिकनस्रोतका अनुसार शुक्रबारको सङ्कटको ४८ घण्टा बितिसक्दा पनि यो घटनाबाट थप कुनै परिणाम नआएको देखिएको छ ।
यद्यपि, होली सीद्वारा जारी वक्तव्यमा भनिएको छ, “उहाँको स्वास्थ्यको रिपोर्टमा देखिएको जटिलतालाई ध्यानमा राख्दै उहाँको स्वास्थ्यमा सुधारसम्बन्धी केही निष्कर्ष निकालिहाल्न सम्भव छैन ।”
फ्रान्सिसले आइतबार भ्याटिकनका विदेशमन्त्री इटालियन कार्डिनल पिएत्रो पारोलिन र भेनेजुएलाका आर्कबिशप एडगर पेना पारासँग सामान्य कुराकानी गरेका थिए ।
मार्च २०१३ देखि पोप रहेका ‘जेसुइट’को जेमेलीको १० औं तल्लामा पोपका लागि छुट्याइएको विशेष ‘सुइट’मा उपचार भइरहेको छ ।
जर्ज बर्गोग्लियोमा जन्मेका फ्रान्सिसले लगातार तेस्रो आइतबार एन्जेलसको परम्परागत प्रार्थनामा सहभागी हुनुभएन तर प्रार्थनामा पोपद्वारा लिखित सन्देश पढेर सुनाइएको थियो ।
सन्देशमा पोपले प्रार्थनाका लागि शुभचिन्तकहरूलाई धन्यवाद दिँदै भनेका छन्, “म तपाईंहरूको सबै स्नेह र घनिष्ठता महसुस गर्छु र यस विशेष समयमा, मलाई लाग्छ कि मलाई सबै परमेश्वरका भक्तहरूले ‘बोकेका’ छन् र समर्थन गरेका छन्। तपाईँहरू सबैलाई धन्यवाद ।” (एएफपी)

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया