कुलमानको बर्खास्तीविरूद्ध विपक्षी दलहरूले सडक र सदनबाट विरोध गर्ने निर्णय

काठमाडौँ- संसदमा रहेका विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सडक र सदनबाट विरोध गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले शक्ति प्रयोग गरेर सरकारले घिसिङलाई पदबाट बर्खास्त गरेको निष्कर्ष निकाल्दै सडक र सदनबाट विरोध गर्ने निर्णय गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
विधि–विधानविपरित दुई तिहाइको बलमा घिसिङलाई पदबाट हटाउने कामका साथै सरकारका अन्य क्रियाकलापविरुद्ध समेत एक भएर आवाज उठाउने निर्णय भएको उनले बताए । उनले देशको हितका लागि उत्कृष्ट काम गर्ने कर्मचारीलाई आफुले भनेको कुरा नमान्दा सरकारले जवरजस्ती निकाल्ने कामको प्रतिकार हुने स्पष्ट पारे ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले केहि दिन अघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी बिषयमा मात्रै छलफल भएको र कुलमान घिसिङका बिषयमा कुनै छलफल नभएको जानकारी गराएका थिए ।

भिजिट भिसा प्रकरणमा मन्त्री लेखकको नाम मुछिएपछि गृह मन्त्रालयले भन्यो- भ्रष्टाच…

मेरो कारणले कांग्रेसको शिर झुक्न दिन्न, भिजिट भिषामा संलग्नता पुष्टी भए राजनी…

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु उपयुक्त हुन्छ : शेखर कोइराला

नेकपा (एस)को ताप्लेजुङ अध्यक्षमा लिम्बू

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

प्रतिक्रिया