इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ को मृत्यु, ९ घाइते

कायरो- इजिप्टको लोकप्रिय लाल सागर गन्तव्य हुर्घादामा पर्यटक पनडुब्बी डुबेपछि छ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको स्थानीय तहका दुई अधिकारीले बिहीबार बताएका छन् ।
लाल सागर प्रशासनद्वारा जारी विवरणअनुसार आपत्कालीन टोलीले २९ जनालाई बचाउन सफल भएको छ । पनडुब्बीले पर्यटन क्षेत्रको बीचको एक किनारामा यात्रा गर्दै थियो र त्यसमा विभिन्न राष्ट्रियताका ४५ पर्यटक थिए ।
पनडुब्बी किन डुब्यो भन्ने कुरा तुरुन्तै स्पष्ट भएन ।
इजिप्टका अधिकारीहरूका अनुसार नोभेम्बरमा खराब मौसमको चेतावनीपछि एउटा पर्यटक यात्रुपोत लाल सागरमा डुबेको थियो । उक्त दुर्घटनामा कम्तीमा चार जनाको डुबेर मृत्यु भएको थियो भने अन्य ३३ जनालाई बचाइएको थियो ।
पर्यटन इजिप्टको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र हो तर धेरै पर्यटक कम्पनीहरूले यस क्षेत्रमा द्वन्द्वको खतराका कारण लाल सागरमा यात्रा रोकेका छन् वा सीमित गरेका छन् । (एपी)

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया