राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेश प्रदेशको नेतृत्वमा रुद्रसेन निर्वाचित

महोत्तरी- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनबाट रुद्रसेन विश्वकर्मा निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रबार भएको अधिवेशनले विश्वकर्माको नेतृत्वमा १४ सदस्य निर्वाचित गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा इन्द्र सिलवाल, महिला उपाध्यक्षमा हेम कुमारी वराल(सुनिता), सचिवमा विनोद ढुंगेल, कोषाध्यक्षमा राधा गौतम र स-सचिवमा विकास पाण्डे निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ ।
सदस्यहरुमा भने तेजनारायण सर्मा, सरोज सन्त, सोरथा लामा, सर्मिला रमौली, रुवि झा, निर कुमारी विश्वकर्मा, रमा सर्मा ढकाल र आशा तोलाङ्गे निर्वाचित भएको नवनिर्वाचित सचिव विनोद ढुंगेलले जानकारी दिए ।
यसअघि तदर्थ समितीको समेत नेतृत्व गरेका रुद्रसेन बिश्वकर्मा दोहोरिएका छन भने अन्य पदाधिकारीहरुमा नयाँ अनुहार छन् ।
मौलिक संस्कार र सस्कृतिलाई एकाकार गर्दै लोक संस्कृतिको जगेर्नामा नवनिर्वाचित नेतृत्वले महत्वपूर्ण काम गर्ने विस्वास लिइएको छ ।
छोटो समयमा नै देशव्यापी विस्तार भएको प्रतिष्ठानले सराहनीय काम गरेको वताउदै मधेशका चर्चित लोक सर्जक समेत रहेका बिस्वकर्माको नयाँ उचाई लिने प्रमुख अथितिकोरुपमा सहभागी नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले बताए ।

डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

प्रतिक्रिया